पृथ्वीनगरमा रहेको शिव मन्दिरको दोस्रो साधारण सभा सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका १ पृथ्वीनगरमा रहेको शिव मन्दिरको दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

शनीबार एक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष धर्मराज भट्ट उपाध्यायको सभाध्यक्षता तथा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

nisarga

सभामा नगर प्रमुख भट्टलाई पृथ्वीनगर आमा समूहले १५ किलोको मालाले सम्मान गरेको थियो ।

आजै मन्दिर व्यवस्थापन समितिको नयाँ कार्यसमिति पनि चयन हुने जनाइएको छ ।