
अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना माविमा भान्छा बदलेर स्वस्थ हुने उपायका बारेमा प्रशिक्षण गरिएको छ ।
शनिवार विद्यालयको आयोजनामा प्राकृतिक जीवनशैलीमा आधारित भान्छा बदलेर स्वस्थ हुने उपायका बारेमा प्रशिक्षण गरिएको हो ।
पंजगब्य सिद्ध लीला श्रेष्ठले प्रशिक्षण दिएकी हुन् ।

उनले भान्छा बदल्न सकेमा सबै स्वास्थ्य समस्याबाट मुक्त पाउन सकिने बताइन् । सोच स्वस्थ राख्ने सकेमा शरिरलाई पनि सजिलै स्वस्थ राख्न सकिने बताइन् ।
“आफू स्वस्थ छु भन्ने सोच राख्न सक्नु भयो शरिर आफै स्वस्थ रहन्छ” उनले भनिन् । श्रेष्ठ विभिन्न स्थानमा प्राकृतिक जीवनशैलीमा आधारित भान्छा बदलेर स्वस्थ हुने उपायका बारेमा प्रशिक्षण दिँदै आएकी छिन् ।
प्रशिक्षण कार्यक्रममा विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो ।















