
अत्तरिया – सुदूरपश्चिममा सार्वजनिक यातायात आज पनि ठप्प बनेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज पनि देशभर लामो तथा छोटो दुरीका सवारी साधन ठप्प पारेका हुन् ।

कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा चलेका छैनन् ।
कैलालीमा पनि लामो तथा छोबटो दुरीका सवारी साधन चलेका छैनन् ।
कैलालीका सडकहरुमा निजी मोटरसाइकल, कारहरु चलेको देखिएको छ ।
सार्वजनिक अटोहरु चलाउन पनि मनाही गरिएको छ ।
सार्वजनिक यातायात नचल्दा यात्रुले सास्ती खेप्नु परेको छ ।















