सेभ हाउसमा आश्रित दुई बालबालिकालाई आफन्तको जिम्मा लगाइयो

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा आश्रित दुई बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।

सेभ हाउसमा दुई वर्षदेखि आश्रित बझाङको छविसपाथीभारा- २ का ९ वर्षीय आइसा गीरी र ८ वर्षीय दिपु गीरीलाई आफन्तको जिम्मा लगाइएको हो ।

nisarga

बिहिबार सेभ हाउसकी अध्यक्ष जानकी मलासीले इलाका प्रहरी कार्यालय मालाखेती तथा सञ्चारकर्मीहरुको रोहबरमा बालबालिकाहरुकी मावली बज्यै छविसपाथीभारा १ परियाल गाँउकी पारु गीरीलाई जिम्मा लगाएकी हुन् ।

दुवै बालबालिकाहरुको करिब दुई वर्षअघि अत्तरिया बसपार्कमा वेवारीसे अवस्थामा उद्धार गरिएको थियो ।