
अत्तरिया – कैलालीको अत्तरियामा हुने पिएफए भेट्रान्स कपको ट्रफी सार्वजनिक गरिएको छ । जेठ २५ गतेदेखि हुने छैटौं संस्करणको ट्रफी शनीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
पिएफए स्पोर्टस क्लवद्वारा आयोजित पिएफए भेट्रान्स कपको छैटौं संस्करणको मुख्य प्रवद्र्धकमा गोदावरी नगरपालिका रहेको छ ।

असार ७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम पुरस्कार एक लाख, मेडल ट्रफि र प्रमाण–पत्र रहेको छ भने द्वितिय पुरस्कार पचास हजार नगद, मेडल र प्रमाण–पत्र रहेको छ ।
त्यस्तै म्यान अफ द सिरिजलाई नगद पन्ध्र हजार, ट्रफि प्रमाण–पत्र उपलब्ध गराइनेछ भने ब्याट्स म्यानलाई नगद दस हजार ट्रफि प्रमाण–पत्र र बेस्ट बलरलाई नगद दस प्रदान गरिनेछ ।
त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई दुई हजार बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । खेल वनखेत स्थित सशस्त्र प्रहरीको खेल मैदानमा हुनेछ ।

















