धनगढीमा बाँझोपन सम्बन्धी शिविरमा १८० जनालाई उपचार र परामर्श

Image
maya metro

धनगढी – धनगढी उपमहानगरपालिकाले आयोजना गरेको बाँझोपन सम्बन्धी स्वास्थ्य शिविरमा १९० जनाले उपचार तथा परामर्श सेवा लिएका छन्।

धनगढी–१३ को बहुउद्‍देश्यीय भवनमा सञ्चालित शिविरमा ९० जना दम्पतीले निःशुल्क उपचार तथा परामर्श सेवा लिएका हुन्।

nisarga

धनगढी उपमहानगरपालिका र प्यासिफिक आइभिएफ सेन्टर ललितपुरको समन्वयमा जेठ २३ गतेदेखि २५ गतेसम्म निःशुल्क शिविर लागेको थियो।

बाँझोपना सम्बन्धी स्वास्थ्य शिविरमा निःशुल्क वीर्य परीक्षण, ट्रान्सभजाइनल सोनोग्राफी गरिनुका साथै बाँझोपनको उपयुक्त उपचारको विधिबारे जानकारी र परामर्श सेवा प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।