गौरीगंगामा चट्याङ लागेर एक युवकको मृत्यु

Image
maya metro

अत्तरिया – कैलालीको गौरीगंगामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगंगा- २ झिलका २६ वर्षीय उपेन्द्र बहादुर शाही रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

बिहिबार (आज) मध्यान्हको समयमा घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।