अत्तरिया बसपार्कमा यात्रुका सरसामान चोरी गर्दै आएको गिरोह पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा चोरी गर्दै आएको गिरोह पक्राउ परेको छ ।

अत्तरिया बसपार्कमा यात्रुका सरसामान चोरी गर्दै आएको गिरोहलाई गएराती इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।

nisarga

पक्राउ पर्नेमा दाङको तुल्सिपुर नगरपालिका ७ शारदानगर घर भई धनगढिको ज्ञानु प्लाजामा बस्दै आएका ३२ वर्षीय कैलाश नेपाली,४२ वर्षीय अर्जुन बादी र ४२ वर्षीय कृष्ण बिक रहेका छन् ।

उनीहरुको कोठाबाट २ थान नौगेडि, सानो र ठुलो गरि २ थान तिलहरी र १ थान गलोबन्दी पनि बरामद भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।