
धनगढी – धनगढीमा स्कुल बस र हाइस ठोक्किएका छन् ।
धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेक अगाडि स्कुल बसमा हाइस ठोकिएको हो।

नेपाल वेष्टन कलेजको सुदूरपश्चिम प्रदेश ०१००१ क २१९७ नम्बरको बसमा सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १७०७ नम्बरको हाइस ठोकिएको हो। तीन जना घाइते भएका प्रहरीले बताएको छ।














