स्याउले अस्थाई प्रहरी बिटका प्रमुख भाटको स्थानीयद्धारा बिदाई

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित स्याउले अस्थाई प्रहरी बिटका प्रमुख प्रहरी नायब निरीक्षक (सइ) प्रेमसिंह भाटको बिदाई गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती सरुवा भएका भाटको गोदावरी ८ का स्थानीयले बिदाई गरेका हुन् । बिदाई कार्यक्रममा स्थानीयहरुले यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न भाटले महत्वपूर्ण भूमिका खेलेको बताए ।

nisarga

नेपाली कांग्रेस गोदावरी ८ सभापति टेक बहादुर देउवाले यस क्षेत्रका हरेक घटनाहरुमा स्थानीयसंग भाटले समन्वय गर्ने गरेको बताए । त्यस्तै वडा स्तरीय ज्येष्ठ नागरिक समितिका संयोजक प्रेम बहादुर बोगटीले कानुनको पालना तथा स्थानीयसंगको समन्वयले भाटको कार्यकाल उत्कृष्ट रहेको बताए ।

स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले भाटको साढे दुई वर्षे कार्यकाल विवादरहित रहेको बताए । भाटले हरेक क्षेत्रका व्यक्तिहरुसंग समन्वय गर्ने र यस क्षेत्रमा घटेका सबै घटनाहरुमा निष्पक्ष ढंगले न्याय निरुपण गरेको देउवाले बताए ।

भाटले लागूऔषध नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको देउवाले बताए । त्यस्तै वडा नम्बर ८ का वडा सदस्य हरि चौधरीले भाटले असल र इमान्दार प्रहरीको परिचय बनाएको बताए ।

यसक्षेत्रमा लागूऔषध नियन्त्रण, चोरी निकासी नियन्त्रणमा भाटले महत्वपूर्ण योगदान दिएको उनले बताए ।

सो अवसरमा आफ्नो भनाई राख्दै सइ भाटले आफ्नो कर्तव्यबाट बिचलन नभई सदैंव बफादार र कर्तव्यनिष्ट भएर अघि बढ्ने बताए । भाटको ठाँउमा साइ कर्ण बहादुर पार्की आउने बताइएको छ ।