धनगढीमा एक युवती मृत अवस्थामा फेला

Image
maya metro

अत्तरिया – धनगढीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

धनगढी उपमहानगरपालिका-२ काे बैयाबेहडीमा साेमबार बिहान कञ्चनपुरकाे पुनर्वास नगरपालिका-११ अमरबस्तीकि ३० वर्षीया रेणु चाैधरी मृत फेला परेको प्रहरीले जनाएको छ ।

nisarga

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले काेठा भाडामा बस्दै आएकी युवती मृत फेला परेको बताए ।

सिंहले काेठाकाे ढाेकामा बाहिरबाट ताल्चा लगाएकाे अवस्थामा उनी मृत फेला परेकी हुन् । घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।