
अत्तरिया – धनगढीमा चट्याङ लागेर एक वृद्धा घाइते भएकी छिन् ।
धनगढी उप महानगरपालिका वडा नम्बर- १९ लल्लिपुरकी ६६ वर्षीय गुलिया देवी चौधरी चट्याङ लागेर घाइते भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

घर नजिकैको खेतमा बिउ निकाल्ने क्रममा घायते भएकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

















