प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

Image
maya metro

कञ्चनपुर – कृष्णपुर नगरपालिकाले विपद् व्यवस्थापनमा सघाउनका लागि प्रहरीलाई सोमबार विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ

नगरपालिकाभित्र रहेका प्रहरीका पाँच युनिटलाई नगरप्रमुख हेमराज ओझाले विपद् उद्धार सामग्री हस्तान्तरण गरेका हुन्। नगरप्रमुख ओझाका अनुसार प्रहरीका पाँचवटै युनिटलाई रेनकोट, सर्चलाइट, डोरी, ग्याम्बुटलगायत सामग्री हस्तान्तरण गरिएको छ। प्रत्येक युनिटलाई पाँच वटा समूहका दरले विपद् उद्धार सामग्री प्रदान गरिएको छ।

nisarga

बङ्कस्थित दङ्गा प्रहरी गण, इलाका प्रहरी कार्यालय गुलरिया, प्रहरी पोष्ट वाणी, गजरौला, रैकवार विचवा र वडा नं १ स्थित प्रहरी युनिटलाई उद्धारसम्बन्धी सामग्री उपलब्ध गराइएको छ।

‘प्रहरीले पहिलो पङ्क्तिमा रहेर विपद्का बेलामा खटिने गरेको छ’, नगरप्रमुख ओझाले भने, ‘प्रदान गरिएका सामग्रीले उद्धारका बेला सघाउ पु¥याउँछ, विपद् आइपर्दा प्रहरीले तत्काल उद्धार सामग्री प्रयोग गरेर पीडितलाई छिटो सहयोग पु¥याउन सक्छन्, समयमै सामग्रीसहित उद्धार हुँदा मानवीय क्षतिसँगै पशुपक्षी र सम्पत्तिलाई जोगाउन सकिन्छ।’

नगरपालिकाको विपद् शाखाका प्रमुख प्रेम बोगटीले पहिलो पटकका लागि थोरैमात्रै सामग्री उपलब्ध गराउन सकेको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा प्रहरीलाई आवश्यक विपद् उद्धार सामग्री प्रदानका लागि पर्याप्त बजेटको व्यवस्था गरिने जानकारी दिए।