
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १२ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ।
बिहीबार गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले वडा कार्यालय भवनको शिलान्यास गरेका हुन ।

वडाबासी प्रेमबहादुर बडैला र शेरबहादुर विकले वडा कार्यालय भवनका लागि गणेशपुरमा साढे दुई कठ्ठा जग्गा दान गरेका थिए ।
२०८२ पुषमा भवन निर्माण सम्पन्न गर्ने गरि उप्रेती बिल्डर्स एण्ड इन्जिनियरिङ कम्पनीले मूल्य अभिवृद्धी करसहित ६२ लाख ६५ हजार २८३ रुपियाँमा भवन निर्माणको ठेक्का पाएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले प्रशासनिक भवनले सेवा प्रवाहमा सहजता हुने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर- १२ का वडाध्यक्ष भिम बहादुर खड्काले वडा कार्यालयको अभावले सेवा प्रवाहमा समस्या आएको भन्दै भवन निर्माणले स्थानीय प्रशासन थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।
वडाकै सबै भेगलाई पाईक पर्ने ठाउँमा सर्वदलिय सहमति अनुसार वडाको प्रशासनिक भवन निर्माण गर्न लागेको खड्काले बताएका छन ।
















