
अत्तरिया – कैलालीको गोदावरी नदीमा फसेका ६ जनाको उद्धार गरिएको छ ।
डोरीको सहायताले उनीहरुको सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दले बताएका छन् ।

श्राद्ध गर्न गएका कञ्चनपुरको झलारीका ६ जना गोदावरी नदीमा बाढी आएपछि फसेका टापुमा फसेका थिए ।















