बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

Image
maya metro

बझाङ – बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

केदारस्यु गाउँपालिका–५ बहोराडी बस्ने ५९ वर्षीय कमला बोहराको भिरबाट लडेर मुत्यु भएको हो।

nisarga

बोहरा घर नजिकै रहेको जंगलमा घास काट्ने क्रममा भिरबाट १०० मिटर तल खसेर घाइते भएकी थिइन्।

घाईते बोहरालाई उपचारको लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृतघोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।