६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

Image
maya metro

रोल्पाको थवाङमा ६२ वर्षीया एक वृद्धालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन्।

थवाङ गाउँपालिका–२ दहवाङका ५२ बर्षीय धुते रोका बलात्कार आरोपमा पक्राउ परेका हुन्।

nisarga

साउन २३ गते राति साढे ९ बजेतिर स्थानीय एक ६२ वर्षीया वृद्धाले घरमा कोही नभएको मौका छोपी घर्तीले आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।

साउन २८ गते पीडित महिला इलाका प्रहरी कार्यालय होलेरीमा पुगेर घर्तीका विरूद्ध किटानी जाहेरी दिएकी थिइन्।

जाहेरीपछि इप्रका होलेरीबाट प्रहरी निरीक्षक बिदुरचन्द्र अधिकारीको नेतृत्वमा खटिएको ६ जनाको टोलीले आरोपी घर्तीलाई पक्राउ गरेको थियो।

आरोपीलाई बिहीबार इप्रका होलेरीमा ल्याई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया सुरू भएको प्रहरीले जानकारी दिएको छ।