एकता प्रगतिशील बचत तथा ऋण सहकारीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ स्थित जमुना नगरमा रहेको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नम्बर- ७ को सहयोगमा सहकारीले बिहीबार तीज विशेष कार्यक्रम सम्पन्न गरेको हो । संस्थाकी उपाध्यक्ष एवम् महिला संयोजक धना ओझा पाठकको सभा अध्यक्षतामा वडा परिसरमा आयोजित उक्त कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया प्रमुख अतिथि रहेकी थिइन् ।

nisarga

कार्यक्रममा बोल्दै उप प्रमुख रोकायाले नेपालीको संस्कृति र पहिचान बोकेको तीज सभ्य ढङ्गले मनाउन सबैलाई आग्रह गरिन् । तीजको अवसरमा शुभकामना प्रदान गर्दै उनले स्वास्थ्यको समेत ख्याल गरेर व्रत बस्न आग्रह गरिन् ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि रहेकी वडा नम्बर ७ की अध्यक्ष कलावती साउँदले तीज लगायतका चाडपर्वमा तडकभडक गर्न नहुने बताइन् ।

कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिसहित महिलाहरुको उपस्थिति रहेको थियो । महिलाहरुले  नाचगान गर्दै दर खाएका थिए ।