गोदावरीमा शुक्रबार स्थानीय बिदा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले गौरा पर्वको अवसरमा शुक्रबार (भदौ १३ गते)एक दिनका लागि स्थानीय बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाको १३० औं कार्यपालिका बैठकको निर्णय अनुसार गौरा पर्वको अवसरमा नगर कार्यपालिकाको कार्यालय, मातहतका कार्यालय (अत्यावश्यक सेवा बाहेक) तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शुक्रबार बिदा रहनेछ।

nisarga

गौराको अवसरमा गोदावरी नगरपालिकाले सम्पूर्ण नगरबासीलाई गौरा पर्वको हार्दिक मंगलकामना व्यक्त गरेको छ। गौरा पर्व सुदूरपश्चिममा भव्य तरिकाले मनाईने गरेको छ । पछिल्लो समय गौरा पर्व सुदूरपश्चिम प्रदेश भन्दा वाहिरका जिल्लामा मनाईने गरेको छ ।