कैलालीका युवाहरुले स्वतन्त्र एकता महाकाली–मेची यात्रा गर्दै

Image
maya metro

अत्तरिया – कैलालीका युवाहरुले स्वतन्त्रको एकता महाकाली मेची यात्रा गर्ने भएका छन् । “समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान नेपाल” ले यात्रा अभियान गर्ने भएको हो । राष्ट्रियता सुशासन समृद्ध एकता भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याइएको समृद्ध राष्ट्र निर्माणका लागी सङ्कप अभियान नेपालले यही भदौ १७ गते देखी स्वतन्त्र एकता महाकाली–मेची यात्रा गर्ने भएका हुन ।

बिहीबार आयोजक समृद्ध राष्ट्र निर्माणका लागी संकल्प अभियानले पत्रकार सम्मेलनको आयोजना गर्दै महाकालीको गड्डाचौकी बाट यात्रा अभियान सुरु गरिने जानकारी दिएको छ । अभियानका संयोजक प्रेमराज भट्टले मुलुक आर्थिक रूपमा जटिल मोडमा गुज्रिरहेको परिवेशमा युवाहरुले पार्टीको झण्डा हैन नेपालको झण्डा बोकेर अघि बढ्नुपर्छ भन्ने दृढ संकल्प लिएर अभियानको शुभारंभ गरिने जनाएको छ । देशलाई आर्थिक रूपमा समृद्धिको बाटोमा लैजानलाई नागरिकले पार्टीको कार्यकर्ता हैन देशको कार्यकर्ता बन्न आवश्यक रहेको संयोजक भट्ट बताउन्छन ।

nisarga

अभियानको महाकालीको गड्डाचौकीबाट धनगढीका मेयर गोपाल हमालले उद्घाटन गर्ने छन् । उनी २०७९ को निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित मेयर हुन् । राजनीति सेवा हो पेशा हैन भनेर महाकाली–मेची स्वतन्त्र एकता यात्रा अभियानमा अठोट लिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा संयाजक भट्टले अभियानको सार्वजनिक गर्दै गरीबी, बेरोजगारी, भ्रष्टाचार, असमानता र निरासाबाट मुक्ति दिलाउँदै समृद्ध नेपाल निर्माण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागीएको जानकारी दिए । उनले अभियानमार्फत उत्पादन–आधारित आर्थिक स्वरुप निर्माण, रोजगारी सृजनामा प्राथमिकता, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रमा दीर्घकालीन सुधारका कार्यक्रम सञ्चालन गरिने जनाए ।

सामाजिक न्याय, महिला, दलित, सीमान्तकृत समुदाय र युवाको सहभागिता सुनिश्चित गर्दै राष्ट्रिय एकता, स्वाभिमान र सशक्त नागरिक समाज निर्माण अभियानको मुख्य लक्ष्य रहेको उनले बताए । ‘इतिहास बनाउने घडी यही हो, अब सबै मिलेर नयाँ नेपाल निर्माणको निर्णायक कदम चाल्नुपर्ने समय आएको छ’, उनले भने । अभियान सफल पार्नका लागि विभिन्न व्यक्तिहरू मार्फत स्वस्फुर्त रूपमा दिन चाहने रकम संकलन गरिएको जनाएको छ ।

यस्तै समृद्ध राष्ट्र निर्माणका लागी सङ्कप अभियान नेपालका अभियान्ता धनबहादुर बोगटी यसको मुख्य उद्देश्य देशको विद्यमान अवस्थालाई सुधार्नका लागी रहेको उल्लेख गरे । ‘देश राजनीतिक रुपमा एकदमै जटिल अवस्थामा पुगेको अवगत नै रहेको बताउँदै जनताहरू राजनितिक कार्यकर्ता भएर मात्रै हुँदैन’ उनले भने । समृद्ध राष्ट्र निर्माणका लागी नेपाली जनताहरु स्वतन्त्र साथै आत्म निर्भर हुनुपर्ने उनले बताए । उनले सोच, विचारमा युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिए । राजनीति गर्ने व्यक्तिहरू पेशा सम्झेर गरिरहेका यो गलत भईरहेको उनको बुझाई छ ।

सुदूरपश्चिम प्रदेश बाट भएको यात्रा स्वार्थको लागी तथा कसैलाई विस्थापित गर्नको लागी, कसैप्रति नकारात्मक धारणा राखेर यस अभियान नभएको बोगटीले जनाए । जनताहरु प्रति सचेतना जगाउन र समृद्ध राष्ट्र निर्माणका लागी सकारात्मक भूमिका निर्वाह गर्नरहेको जनाएको छ । अभियानमा “हामी विचलित हुने छैनौं, कुनै पनि स्वार्थमा कसैका सामु खुल्ने पनि छैनौं, हामी बेइमानी हुने छैनौं भनेर प्रतिबद्ध व्यक्त गरेका छ । अभियानमा भट्ट, बोगटी संगै भरत शाह, राजन खडका, गणेश शाह, लगायत रहेका छन ।