सुदूरपश्चिममा आज र भोलि पनि सार्वजनिक बिदा

Image
maya metro

अत्तरिया – सुदूरपश्चिममा आज र भोलि पनि सार्वजनिक बिदा रहेको छ । गौरा पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको हो।

नेपाल सरकारले भदौ १५ गते र प्रदेश सरकारले भदौ १६ गते बिदा दिने निर्णय गरेसँगै प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा कायम भएको हो।

nisarga

प्रदेश सरकारले जारी गरेको राजपत्रअनुसार नेपाल सरकारले दिएको बिदाबाहेक थप भदौ १६ गते पनि गौरा पर्वकै बिदा रहने उल्लेख छ। यस वर्षको गौरा पर्व बिहीबारदेखि सुरु हुँदैछ।

गौरा पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमी आज परेको छ। सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको हो।

त्यसपछि भदौ १६ गते प्रदेश सरकारले थप बिदा दिएको हुँदा गौरा पर्व मनाउने सुदूरपश्चिमवासीले दुई दिन निरन्तर बिदा पाउने भएका छन्।

कैलालीको गोदावरीसहित प्रदेशका विभिन्न पालिकाहरुले शुक्रबार पनि बिदा दिएका थिए ।