
अत्तरिया – कैलालीको अत्तरियामा रहेको गोदावरी मिडियाका सम्पादक गोबिन्द रोस्यारा दुई संस्थाबाट सम्मानित भएका छन् ।
रोस्यारालाई पत्रकारिता क्षेत्रमा गरेको योगदान बाफत (आज) आइतबार प्रतिभा सामुदायिक पुस्तकालय अत्तरिया र शिखर काफली समाजले सम्मान गरेको हो ।

प्रतिभा पुस्तकालयले १८ औँ पुस्तकालय दिबसको अबसर पारेर अत्तरिया संस्था मै आयोजित एक कार्यक्रमका बिच सम्मान गरेको हो भने काफली सामाजले गौरा पर्बको अबसर पारेर कृष्णपुरको को राजघाटमा सम्मान गरेको हो ।
रोस्यारा बिगत दुई दशक देखि पत्रकारितामा सकृय छन् ।















