गोदावरीबाट ९ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीमा एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–१ बिजौरा स्थित से ३ प ५१४१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय राजु चौधरी पक्राउ परेका हुन्।

nisarga

चौधरीले चलाएको मोटरसाइकलको भाइजरको मुनी हेण्डिलको टी– गार्डको प्वाल भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ९ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रहरी चौकी गेटा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।