सडकमा सवारी ल्याएर गोदावरीका नीजि विद्यालयको प्रदर्शन

Image
maya metro

अत्तरिया – विद्यालय शिक्षा विधेयक २०८० मा भएको निजी शिक्षा विरुद्धका विभेदपूर्ण र प्रतिकूल प्रावधानहरू खारेज गर्न संयुक्त आन्दोलन परिचालन समितिको आह्वानमा देशव्यापी आन्दोलन जारी छ । संघीय शिक्षा ऐनमा निजी विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिका विरुद्ध सोमबार पुनः प्याब्सन गोदावरी नगर कमिटीले पनि विद्यार्थी बोक्ने स्कूल बसमा कालो झण्डा र संस्थापक शिक्षकहरुले हातमा कालो पट्टी बाँधेर शान्तिपूर्ण -याली निकालेको हो । शिक्षा विधेयक २०८० विरुद्धको आन्दोलन प्याब्सन, एन–प्याब्सन, हिसान, अपेन र एनएमए लगायतका संयुक्त आयोजना देशका विभिन्न स्थानहरुमा सञ्चालन भइरहेको छ । यस्तै गैर–नाफा मूलक बनाउने साथै छात्रवृत्ति पुरानै कायम हुनुपर्ने माग राख्दै आन्दोलन जारी रहेको हो ।

¥यालीपछि अत्तरिया बसपार्कमा गरिएको कोण सभालाई सम्बोधन गर्दै प्याब्सन गोदावरी नगर कमिटीका अध्यक्ष मदन जोशीले शान्तिपूर्ण आन्दोलन गर्दा पनि यदि माग पूरा नभए विद्यालय बन्द गरेर साचोहरू सरकार समक्ष बुझाउने तयारी रहेको बताए । निजी विद्यालय यस क्षेत्रको समृद्धि र सामाजिक विकासका लागि सक्रिय रहेको उनले उल्लेख गरे । विधेयकमा समावेश “निजी विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने” प्रावधान हटाउन, हाल कायम १० प्रतिशत छात्रवृत्ति कायम राख्न र “पूर्ण छात्रवृत्ति” शब्दावली हटाउनुपर्ने माग प्याब्सनले राखेको छ ।

nisarga

यस्तै निजी तथा आवासीय विद्यालय (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष जगबिर थापाले शिक्षा विधेयक २०८० मा समेटिएका केही प्रावधानप्रति कडा आपत्ति जनाए । उनले कम्पनीका रूपमा दर्ता भइसकेका विद्यालयलाई गैर–नाफा मूलक बनाउन खोज्नु उचित नभएको बताए । थापाले, “कुनै पनि कम्पनी बनेपछि नाफा–नोक्सानमा भागीदारी हुनु सामान्य कुरा हो । तर सरकारले यसलाई बेवास्ता गरेर शिक्षा ऐनमार्फत निजी विद्यालयमाथि थप बोझ थोपर्न खोजेको छ ।’

थापाले सरकारले प्रस्ताव गरेको पूर्ण छात्रवृत्ति व्यवस्था व्यवहारिक नभएको दाबी गरे । उनले स्टेशनरी, ड्रेस, आवास, भर्ना शुल्क र मासिक शुल्क सबै निःशुल्क बनाउनुपर्ने भनिएको छ, तर सरकार स्वयंले नै यस्तो व्यवस्था कार्यान्वयन गर्न सकेको छैन । हाल निजी विद्यालयहरूले करिब १० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । उनले शिक्षा विधेयकका कतिपय प्रावधान शिक्षा ऐन र कम्पनी ऐन दुवैसँग विसंगत भएको उल्लेख गर्दै तत्काल संशोधन गर्न माग गरे । थापाले चेतावनी दिँदै भने, “सरकारले बलपूर्वक कार्यान्वयन गर्न खोजे शिक्षा क्षेत्र कमजोर हुने मात्र होइन, समग्र गुणस्तरीय शिक्षा प्रणाली नै संकटमा पर्न सक्छ ।”

यस्तै कोणसभामा सत्यवती एकेडेमीका संस्थापक विर बहादुर कडायतले सरकारले ल्याउन लागेको शिक्षा विधेयकप्रति आपत्ति जनाउँदै निजी विद्यालयलाई गैर–नाफामूलक बनाउने प्रावधान सच्याउन माग गरेका छन् । उनले निजी विद्यालयहरूले विद्यार्थीको अवस्थाअनुसार १५–२० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको र गुणस्तरीय शिक्षा उपलब्ध गराइरहेको उल्लेख गर्दै, प्रावधान संशोधन नभए देशव्यापी आन्दोलनलाई अझ व्यापक बनाइने चेतावनी दिए ।

यस्तै कोण सभामा सक्षम पाठशालाका संस्थापक तर्कराज भट्टराईले शिक्षा विधेयक २०८० मा समेटिएका प्रावधान निजी विद्यालयहरूको हितविपरीत रहेको भन्दै आपत्ति जनाए । उनले निजी विद्यालयहरूले लामो समयदेखि गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको तर सरकारले ल्याएको नयाँ विधेयकले तिनलाई कमजोर पार्ने र अस्तित्व नै संकटमा पार्ने अवस्था सिर्जना गरेको बताए । भट्टराईले सोही कारण निजी विद्यालयहरूले संयुक्त रूपमा दोस्रो चरणको आन्दोलन स्वरूप पुन ः आफ्ना बसहरू सडकमा उतारेका हुन उनले भने, “शिक्षा विधेयक २०८० निजी विद्यालयका लागि उपयुक्त छैन। यसलाई हटाई सरल र व्यावहारिक ढंगले शिक्षा नीति अगाडि बढाउनुपर्छ ।”

मालाखेती भिजन इंग्लिश बोर्डिङ स्कुलका सञ्चालक तथा नेशनल प्याब्सनका जिल्ला अध्यक्ष ललित साउदले शिक्षा विधेयक २०८० का प्रावधानप्रति आपत्ति जनाउँदै उनले संस्था कम्पनीमा दर्ता भइसकेपछि यसलाई गैरनाफामुखी बनाउँदै लैजाने र ‘पूर्ण छात्रवृत्ति’ जस्ता शब्दहरूलाई यथाशीघ्र परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए । साउदले नयाँ विधेयकका केही प्रावधानहरू निजी विद्यालयहरूको लागि व्यवहारिक नभएकाले यसलाई परिमार्जन गर्नुपर्ने छ । उनले चेतावनी दिँदै भने, “यदि शान्तिपूर्ण आन्दोलनले पनि सरकारलाई चित्त बुझेन् भने अन्ततः हामी बाध्य भएर निजी विद्यालयका ताला–चाबी जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्ने अवस्थामा पुग्छौँ ।”

आन्दोलनमा प्याब्सनले कमिटीले २०८० शिक्षा विधेयक आइरहेको ऐन केही बुँदाहरूमा आपत्ति गैर नाफा मुलक हटाइनु पर्ने साथै पूर्ण छात्रवृत्ति हटाईनु पर्ने । २०८० ऐन शिक्षा विधेयक निजी विद्यालयहरू मान्न तयार नरहेको जानकारी दिए । “निजी विद्यालयहरुले निरन्तर विद्यार्थीहरुलाई गुणस्तर शिक्षा प्रदान गर्न कुनै कसर बाँकी नराख्ने साथै यसमा निरन्तर लागि परेका छौ । समाज परिवर्तन साथै गुणस्तर शिक्षाको लागी निजी विद्यालय सदैव तत्पर रहेको जनाएको छ ।