गड्डाचौकीबाट सुरु भयो “समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान”

Image
maya metro

अत्तरिया – “समृद्ध राष्ट्र निर्माणका लागि सङ्कल्प अभियान नेपाल” कञ्चनपुरको गड्डाचौकीबाट सुरु भएको छ । संयोजक प्रेमराज भट्टको नेतृत्वमा सुरु भएको अभियान अन्तरगत टोलीले स्वतन्त्र एकता महाकाली–मेची यात्रा गर्ने भएका छन् । राष्ट्रियता सुशासन समृद्ध एकता भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याइएको अभियानको संयोजक भट्टलाई राष्ट्रिय झन्डा हस्तान्तरण गरि आज सुदूरपश्चिम प्रदेश सभा सदस्य डाक्टर तारादत्त जोशीले उद्घाटन गरेका छन् । उनी २०७९ को निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

मुलुक आर्थिक रूपमा जटिल मोडमा गुज्रिरहेको परिवेशमा युवाहरूले पार्टीको झन्डा हैन नेपालको झन्डा बोकेर अघि बढ्नुपर्छ भन्ने दृढ सङ्कल्प लिएर अभियानको शुभारम्भ गरिएको संयोजक भट्टले बताएका छन् ।

nisarga

देशलाई आर्थिक रूपमा समृद्धिको बाटोमा लैजानलाई नागरिकले पार्टीको कार्यकर्ता हैन देशको कार्यकर्ता बन्न आवश्यक रहेको डाक्टर जोशीको भनाई छ । अभियानमा संयोजक भट्ट, धन बहादुर बोगटी, खेमराज जोशीसँगै भरतविक्रम शाह, राजन खडका, गणेश शाहलगायत सहभागी रहेका छन् ।