
अर्घाखाँची – अर्घाखाँचीका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त आरोपमा मंगलबार पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार, उनले एक साताअघि ३४ वर्षीया सुमित्राको हत्या गरेर भान्साकोठामा नै शव गाडेका थिए ।

छोरी हराइएको जाहेरी प्रहरीमा परेपछि अनुसन्धान गर्दा भान्सामा सडेको शव फेला परेको हो । घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको उनले स्वीकार गरेका छन् । आरोपी प्युठानको नौबहिनी गाउँपालिका–१ का स्थायी बासिन्दा हुन् । रासस
















