मानाङ्क बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न

Image
maya metro
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं २ अत्तरियास्थित मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
nisarga
शुक्रवार संस्थाका अध्यक्ष वेद प्रकाश पाण्डेयको सभापतित्वमा आयोजित साधारण सभाका प्रमुख अतिथि संस्थाका पूर्व उपाध्यक्ष तथा कृषि विकास बैङ्क अत्तरिया शाखाका पूर्व प्रबन्धक केशव दत्त जोशी रहेका थिए भने विशिष्ट अतिथिमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्य राज जोशी रहेका थिए।
प्रमुख अतिथि  केशव दत्त जोशीले सहकारीलाई अझ पारदर्शी, विश्वासिलो र सदस्य मैत्री बनाउनका लागी संस्थाले निरन्तर प्रयास गरिरहेको बताउँदै बचत, लगानी र सदस्यहरूको सक्रिय सहभागिताले मात्र सहकारी सशक्त बन्ने भएको बताए।
यस्तै सभामा प्रमुख अतिथि दिव्य राज जोशीले ‘सबैका लागी एक र एक का लागी सबै भन्नु नै सहकारी हो’ उनले भने । ‘स्थानीय स्तरमा छरिएर रहेको पुँजी, श्रम, सिपलाई केन्द्रित गरी सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न सहज गर्नु नै सहकारीको मुख्य उद्देश्य रहेको बताए।’
सभामा संस्थाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत संस्थाका अध्यक्ष वेद प्रकाश पाण्डेयले गरेका थिए। सभामा वित्तीय विवरण सार्वजनिक गरिएको थियो। साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाले हालसम्म उल्लेख्य प्रगति गरेको छ।
संस्थाको शेयर पुँजी रु. २ करोड २९ लाख ८७  हजार ५ सय रहेको छ भने निक्षेप तर्फमा १२ करोड ७० लाख २६ हजार ७ सय ९९ रुपैयाँ बचत सङ्कलन गरेको छ।
जुन गत वर्षको तुलनामा १ करोड ६५ लाख बढीले वृद्धि भएको छ। यसै गरी ऋण लगानी  १५ करोड २९ लाख ६७ हजार ७ सय रुपैयाँ र तरलता रकम रु. ३ करोड ३६ लाख ३९  हजार २ सय ५० रुपैयाँ पुगेको प्रतिवेदमा उल्लेख छ। संस्थाको कुल सम्पत्ति २१ करोड ९५ लाख ८९  हजार ७४ रुपैयाँ पुगेको संस्थाको प्रतिवेदनमा जनाइएको छ।
सहकारीमा हाल ७ सय  २ जना शेयर सदस्य रहेका छन्। संस्थाले यस वर्ष १८ लाख ३१ हजार १सय ७५ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ। संस्थाका कर्मचारी कमल सिंह विश्वकर्माले कार्यक्रम सञ्चालन गरेको सभामा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य बालकृष्ण भट्टराईले गरेका थिए।