कैलालीलगायत देशका विभिन्न ठाउँमा बिहानैदेखि जेनजीहरुको प्रदर्शन

Image
maya metro

अत्तरिया – कैलालीलगायत देशका विभिन्न ठाउँमा मंगलबार बिहानैदेखि जेनजीहरुको प्रदर्शन भएको छ ।

कैलालीको धनगढीमा कैलाली बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी गरिरहेका छन् ।

nisarga

सोमबार काठमाडौं लगायतका ठाउँमा सरकारको गोलिबाट मारिएका युवाहरुको शोकमा विद्यालय, क्याम्पस बन्द भएपछि विद्यार्थीहरु स्वस्फूर्त रुपमा सडकमा उत्रिएका छन् ।

धनगढीमा बाक्लो रुपमा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । त्यस्तै अत्तरियाका व्यवसायीहरुले शोकमा स्वस्फूर्त रुपमा बजार बन्द गर्न थालेका छन् ।

११ बजेदेखि स्वतन्त्र युवा समूहले शान्तिपुर्ण प्रदर्शन गर्ने जनाएको छ ।