
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाट चोरेका केही सामानहरू चोर आफैले फिर्ता गरेर गएको छ ।
मङ्गलवार दिउँसो जेनजी समूहको तोडफोड र आगजनीपछि तहसनहस बनेको नगरपालिकामा मङ्गलवार राती थुप्रै सामानहरू चोरी भएका भिडियोहरु नै सार्वजनिक भएका थिए ।

चोरी भएका मध्य आगजनी, तोडफोड र चोरीको यर्थाथ विवरण भने आउन सकेको छैन । चोरी भएका मध्य तीन थान कुर्ची, दुई पङ्खा र दुई थान त्रिपाल भने चोरले फिर्ता गरेर गएको छ ।
यी सामानहरू बुधवार रातीको समयमा नगरपालिकाको गेट अगाडि राखेको हो । सामान राखेर जान लागेको देखेको भए पनि सरकार विहिन समेत भएको अवस्थामा आफूहरुले केहि नभनेको नगर प्रहरीको भनाई छ ।
त्यसपछि ती सामानहरू गेट भित्र राखिएको नगर प्रहरीले जनाएको छ । नगर प्रहरीका अनुसार गोदावरी नगरपालिकाबाट कम्प्युटर, कुर्ची, पङ्खा, त्रिपालसहित झाडु समेत चोरी भएको छ ।















