डीडीसी अत्तरियामा लगाइएको ताला खुल्यो

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) प्रशासन कार्यालयमा लगाइएको ताला खुलेको छ । स्थानीयको माग बमोजिम तत्काल डीडीसी नसार्ने आशयको पत्र डीडीसीको केन्द्रीय कार्यालयले पठाएपछि ताला खुलेको हो । डीडीसी धनगढी सार्ने तयारी पछि स्थानीयले विरोध गर्दै जेठ ८ गते डीडीसी अत्तरियामा तालाबन्दी गरेका थिए । यद्यपि तालाबन्दीका बिच डीडीसीको प्रशासनिक कार्यालय धनगढी सारिएको थियो ।

भदौ २९ गते डीडीसीको केन्द्रीय कार्यालयका निमित्त महाप्रबन्धक सञ्जीव झाले डीडीसी अत्तरियालाई पठाएको पत्रमा आयोजनालाई धनगढीको कनेरीमा स्थानान्तरण गर्ने विषयलाई लिएर तालाबन्दी भएकाले हाललाई प्रशासनिक, आर्थिक र उत्पादन सम्बन्धी सम्पूर्ण काम यथास्थानबाट गर्न भनिएको छ । उक्त पत्रका गोदावरी नगरपालिकालाई बोधार्थ राखिएको छ ।

nisarga