गोदावरी नगरपालिकाले मङ्गलवार देखि सेवा सुचारु गर्ने

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आगामी मङ्गलवारदेखि सेवा सुचारु गर्ने भएको छ ।

गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नगरपालिकाको भवनमा भएको आगजनी र तोडफोडपछि नगरपालिकाको सेवा अवरुद्ध भएको थियो ।

nisarga

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले आज एक सूचना जारी गर्दै आगामी मङ्गलवार देखि नगरपालिकाको नियमित सेवा सुचारु गर्ने जनाएका हुन् ।

आगजनी र तोडफोडबाट नगरपालिकामा करोडौँको क्षति भएको नगरपालिकाले जनाएको छ । खण्डहर नगरपालिकाको भवनको कर्मचारीहरूले शुक्रवार सम्म सरसफाइको काम गरेका थिए ।

आज सामान्य रुपमा बत्ती र इन्टरनेट जडान गरिएको छ ।  सबै शाखाका कागजातहरू जलेर नष्ट भएका छन् । क्षतिको विवरण पनि मङ्गलवार सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत विनाडीले बताएका छन् ।