जेनजी आन्दोलनमा प्रहरीबाट लुटेको हतियारसहित कैलालीबाट चार जना पक्राउ

Image
maya metro

अत्तरिया – जेनजी आन्दोलनमा प्रहरीबाट लुटेको हतियारसहित कैलालीबाट चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका वडा नम्बर – १ बस्ने २२ वर्षीय हिमाल आचार्य, वडा नम्बर-३ बस्ने २० वर्षीय जिबेश सापकोटा, १९ वर्षीय समिर खड्का र वडा नम्बर -४ बस्ने १९ वर्षीय आभाष चन्द रहेका छन् ।

nisarga

उनीहरूको साथबाट २ थान पेस्तोल र २८ राउन्ड गोली बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उक्त हतियार गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा उपत्यका ट्राफीक प्रहरी कार्यालय रामशाहापथ काठमांडौबाट लुटिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको बताइएको छ ।