
अत्तरिया – धनगढीको बोराडाँडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् ।
धनगढीबाट पोखरा जाने बस शनिबार विहान दुर्घटना भएको हो ।

पोखराको लागि छुटेको ग.२ ख. १९०७ नम्बरको बस दुर्घटना हुँदा धनगढी उपमहानगरपालका ४ का ६० वर्षीय गणेश शाहीको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
घाइतेहरुको धनगढीस्थित अस्पताहरुमा उपचार भइरहेको छ ।















