
नुवाकोट – शिवपुरी गाउँपालिका- ७ मा घरायसी विवाद हुँदा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्। स्थानीय जीतमान तामाङले श्रीमती ४९ वर्षीया सविनाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मंगलबार साँझ जीतमानले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन्। सविनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले श्रीमतीको हत्या स्वीकार गरेका छन् ।















