अत्तरियाका व्यवसायी यज्ञराज जोशीले दृष्टि फाउन्डेसनमा मनाए जन्मदिन

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियाका व्यवसायी यज्ञराज जोशीले आफ्नो जन्मदिन दृष्टि फाउन्डेसनमा मनाएका छन् । जोशीले दृष्टि फाउन्डेसनको गोदावरी- २ मा रहेको अत्तरिया शाखामा जन्मदिन मनाएका हुन् ।

जन्मदिनको अवसरमा उनले फाउन्डेसमा खाद्यान्न सहयोग गरेका छन् । मुख्य शाखा धनगढीमा रहेको दृष्टि फाउन्डेसनले गत असारमा अत्तरिया शाखाको रुपमा गोदावरी २ तेघरीमा वृद्धाश्रम सञ्चालनमा ल्याएको थियो ।

nisarga

फाउन्डेसनको धनगढी स्थित शाखामा अधिकांश महिलाहरु मानसिक असन्तुलन भएका रहने भएको हुँदा ज्येष्ठ नागरिकहरुलाई छुट्टै राख्नुपर्ने बाध्यता बमोजिम वृद्धाश्रम सञ्चालनमा ल्याइएको थियो ।

फाउन्डेसनले सडकमा अलपत्र भेटिएका, विशेषगरि मानसिक सन्तुलन गुमाएका महिलाहरुको उद्धार गर्दै आएको छ ।