कैलाली कारागारबाट भागेका २९२ कैदीबन्दी अझै फरार

Image
maya metro

धनगढी – कैलाली कारागारबाट भागेका ३७३ जना कैदीबन्दी कारागार फर्केका छन् । स्थानीय प्रशासनले फर्कनका लागि तोकेको समय सीमासम्म सो सङ्ख्यामा कैदीबन्दी फर्केका हुन् ।

कारागारबाट फरार भएका कैदीलाई फर्कन स्थानीय प्रशासनले असोज २० गतेसम्मको समयसीमा दिएको थियो । फर्केकामध्ये ११ जना कैद भुक्तान गरेर छुटिसकेका छन् ।

nisarga

कैदीबन्दीलाई फर्कन तोकिएको समयसीमा सकिएकाले नफर्केका कैदीबन्दीलाई अब पक्राउ गरिने जेलर चिरञ्जिवी सापकोटाले बताए । जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट ६६६ जना कैदीबन्दी फरार भएका थिए । अझै २९२ कैदीबन्दी फरार रहेका छन् ।