गोदावरीमा एक युवक मृत फेला, दुई जना पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीमा एक युवक मृत फेला परेका छन् । गोदावरीमा नगरपालिका–१० खमौरामा शेर बहादुर चौधरी मृत फेला परेका हुन् । छिमेकीले असोज २३ गते राति चौधरीको घरमा मध्यरातमा आएर मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट उनी भागेका थिए । उनका छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर डडेल्धुराका विकास मल्लले ढोकामा हान्दै मार्ने धम्की समेत दिएका थिए ।

असोज २४ गते बिहान शेर बहादुरको शव घर नजिकै, ओलानी र गोदावरी नदीको दोभानमा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले बताए । घटनापछि मृतकका भाइ रमेश चौधरी सँगै मदिरा सेवन गरेका लक्की र विकाससँग अत्तरिया स्थित एक डान्स बारमा विवाद भएको थियो । विवादपछि शेर बहादुरले आफ्ना भाइलाई बचाउने प्रयासमा लक्की र विकासलाई एक–दुई पटक मुक्का हानेका थिए ।

nisarga

घरेलु विवाद बढेपछि लक्की र विकासले शेर बहादुरको घरको ढोका तोड्न खोजे । डरले भागेका शेर बहादुरको शव अर्को दिन फेला परेको हो । मृतकका आफन्तले लक्की र विकासमाथि हत्या गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएका छन् । मृतकका भाइ रमेश चौधरीले भने, “दाइ घरबाट भागेपछि पछ्याएर हत्या गरिएको छ । दोषीलाई कडा कारबाही हुनुपर्छ ।” मृतककी बुहारी सलिना चौधरीले परिवार असुरक्षित भएको बताइन् ।

डिएसपी चन्दका अनुसार घटनाको अनुसन्धान जारी छ । पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ । लक्की र विकास पक्राउ परेका छन् । घटनाले गाउँ नै त्रसित भएको छ भने प्रहरीले थप अनुसन्धान गर्दै छ ।