डोटीमा शिक्षक मृत फेला, शिक्षा अधिकृत पक्राउ

Image
maya metro

डोटी – डोटीमा एक शिक्षक मृत फेला परेकी छिन्। जिल्लाको पुर्वीचौकी गाउँपालिका– १ की २७ वर्षीया जानकी खड्का मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार खड्का घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। घटनाको अनुसन्धानका लागि शिक्षा समन्वय इकाई डोटीमा कार्यरत शिक्षा अधिकृत गणेश रावललाई पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले बताए।

nisarga

‘घटनाको अनुसन्धान भइरहेको छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘रावलमाथि आत्महत्या दुरुत्सानमा अनुसन्धानको माग भएको छ।’ रावलमाथि खड्कालाई आत्महत्या गर्न बाध्य पारिएको आरोप लागेको छ।

यस्तै मृत्युु अगाडि रावलका नाममा लेखिएको सुसाइड नोट पनि फेला पारिएकोमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। मृतकको शव भने पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

मृतक खड्का बाजुराको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माविमा कार्यरत थिइन्। त्यसअघि डिस्कभरी स्कुल धनगढीमा कार्यरत रहेकी खड्का शिक्षक सेवा आयोगमा नाम निकालेर स्थायी नियुक्ति लिएकी थिइन्।

मृतक खड्का अविवाहित हुन् भने पक्राउ परेका रावलले विवाहपछि सम्बन्ध विच्छेद गरिसकेका छन्।