
अत्तरिया – काठमाडौंबाट धनगढी आउँदै गरेको बस दुर्घटना भएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बिहिबार राति काठमाडौंबाट धनगढी आउँदै गरेको खप्तड मालिका यातायातको बा.प्र.०१–००६ ख ८५०६ नं.को यात्रुबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

राति करिब २ बजे नियन्त्रित भई सडकमा पल्टिँदा बस दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरु घाइते भएका हुन् ।
दुर्घटनामा परेका अन्दाजी ५०/५५ वर्षका पुरुष पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले बताएका छन् ।















