एमाले प्रदेश कमिटि सदस्य गोकर्ण भट्टद्धारा पार्टी परित्याग

Image
maya metro

अत्तरिया – नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेश कमिटि सदस्य गोकर्ण भट्टल पार्टी परित्याग गरेका छन् ।

भट्टले शुक्रबार सामाजिक सन्जाल फेसबुक मार्फत राजनितिक दलहरुको भूमिकामाथि असन्तोष जनाउँदै अब एमालेमा रहन नसक्ने बताएका हुन् ।

nisarga

२०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखका उम्मेदवार बनेका भट्ट पराजित भएका थिए ।

भट्टले २०७५ सालमा एमाले र माओवादी एकीकरणपछि गोदावरी नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

उनले आफू अब स्वतन्त्र नागरिकको हैसियतमा समाज र देशका लागि आफ्नो क्षमताले भ्याएसम्म सेवा गर्ने उल्लेख गरेका छन् ।