पावर लिटर दिने भन्दै ठगिएका किसान फेरि प्रहरीमा

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगर पालिकामा पावर टिलर दिने भन्दै ठगिएका किसान फेरि प्रहरी कार्यालय पुगेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर- ६ का १३० किसानले सहमतिबमोजिम रकम फिर्ता नपाएपछि मंगलबार फेरि इलाका प्रहरी कार्यालय मालाखेती पुगेका हुन् ।

nisarga

वडा नम्बर-६ कै प्रियङ्का चौधरीले किसानबाट रकम सङ्कलन गरेकी थिइन । उनी वडाध्यक्ष जग्गुराम चौधरीकी बुहारी समेत हुन् ।

अनुदानमा पावर टिलर पाउने आसमा किसानले २०८१ साउनमा ७५ हजारदेखि १ लाख २५ हजारसम्म रकम चौधरीलाई बुझाएका थिए ।

१ वर्षसम्म पनि पावर टिलर नपाएपछि उनीहरु गत असारमा इलाका प्रहरी कार्यालय मालाखेती पुगेका थिए ।

त्यसबेला चौधरीले तीन महिनाभित्र सबैको रकम फिर्ता गर्ने सहमति भएको थियो ।

तर सहमति बमोजिम रकम फिर्ता नपाएपछि उनीहरु फेरि प्रहरी कार्यालय पुगेका हुन् । आज पनि २०८२ मंसिर ३० गतेभित्र रकम फिर्ता सहमति भएको जनाइएको छ ।