
धनगढी – धनगढीमा साइकल र्याली निकालिएको छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा शनिबार साइकल र्यालीको आयोजना गरिएको हो ।
धनगढीको ट्राफिक चौराहदेखि सुरु भएको र्याली मुख्य सडक हुँदै एलएन चोक, क्याम्पस चोक हुँदै जेनजी मार्गमा आएर समापन भएको छ ।

र्यालीका धनगढीका नगर प्रमुख गोपाल हमालसहित विभिन्न क्षेत्रका व्यक्तिको सहभागीता रहेको थियो ।
बालबालिकाहरु समेत सहभागी थिए । धनगढी चौराहबाट बिहान साढे ८ बजे साइकल र्याली सुरू गरिएको थियो ।















