
अत्तरिया – नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि कैलालीको क्षेत्र नम्बर- ४ बाट प्रतिनिधि छनोट गरेको छ। सर्वसम्मत सहमति नजुटेपछि ६ जना महाधिवेशन प्रतिनिधिका लागि शनिबार निर्वाचन भएको हो । जसअन्तर्गत खुला प्रतिनिधि ३ जनाका लागि ६ जना, महिला २ जनाका लागि ४ जना र युवा प्रतिनिधि १ जनाका लागि २ जनाले उम्मेदवारी दिएका थिए ।
जसअन्तर्गत खुलाबाट चक्रबहादुर बोहरा (४८५ मत), नर बहादुर तामाङ (५०५ मत) र भीम बहादुर देउवा (५२५) मतले विजयी भएका छन् । आनन्द प्रसाद भट्ट (२७७ मत) टिकाराम आचार्य (२८७ मत) र राम बहादुर श्रेष्ठ (२०३ मत) पराजित भएका छन् ।

यस्तै महिला प्रतिनिधिमा रत्ना कुँवर जोशी (५०६ मत), शान्ति देवी सिंह (४८० मत) विजयी भएका छन् भने ईश्वरी देवी आचार्य (२७४ मत) गंगा कुमारी चौधरी (२७४ मत) पराजित भएका छन् ।
युवा प्रतिनिधिमा शुद्धिराम चौधरी (५४५ मत) विजयी भएका छन् । उनका प्रतिद्वन्द्व यज्ञराज कापडी (२२८ मत) पराजित भएको निर्वाचन संयोजक नरेन्द्र राज शर्माले जानकारी दिएका छन ।
















