
अत्तरिया – गैर सरकारी संस्था यार्ड नेपालले सचेतनामूलक कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाएको छ ।
आफ्नो कार्यक्षेत्रका वडाहरुमा सचेतनामूलक कार्यक्रम गर्ने कार्यतालिका अनुसार आज कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ मा कार्यक्रम सम्पन्न गरेको छ ।

यार्ड नेपाल वडा नम्बर ८ की सहजकर्ता ममता परियारले आफ्ना सदस्यहरु भेला गरेर लैङ्गिक हिंसाको बारेमा जानकारी गराइएको बताइन् ।
उनले आफूहरुले टोलटोलमा गठन गरेका हरेक समूहहरुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सचेतनामूलक कार्यक्रम गरेको बताइन् ।
वडा नम्बर ८ का वडा सदस्य हरिराम चौधरी र वडा सचिव क्षत्रराज जोशीको उपस्थिति रहेको कार्यक्रममा शिक्षक समेत रहेकी कौशिला नेपालीले आफ्नो प्रस्तुती राखेकी थिइन् ।
















