
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित स्याउले बजारमा सरसफाइ तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
“रक्तदान–जिवनदान, सरसफाइ–स्वस्थ समाज” भन्ने नारा सहित स्याउलेबजार बजार व्यवस्थापन समितिको आयोजनामा शनिबार भएको कार्यक्रममा स्थानीय युवाक्लब, विद्यालय र समुदायको सहभागिता रहेको थियो

जनचेतना फैलाउन उक्त कार्यक्रम आयोजना गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताएका छन् ।














