गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न

Image
maya metro

अत्तरिया – गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ ।

मुक्त कमैया महिला विकास मञ्चको आयोजनामा कैलालीको अत्तरियामा गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता विकास परियोजनाको सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो ।

nisarga

कार्यक्रममा गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया,विभिन्न शाखा प्रमुखहरु,विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलताका विभिन्न तालिमहरुका प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा परियोजना अनुगमन तथा मूल्याकंन अधिकृत पदमराज जोशीले सन २०२५ मा गोदावरी नगर क्षेत्रमा भएगरेका काम कारबाहि र लागतबारे जानकारी गराएका थिए ।

सो जानकारी गराउँदै जोशीले सन् २०२५ मा अपेक्षित उपलब्धि हाँसिल गर्न नसकिएको बताए । सिपको सदुपयोग गर्न सक्ने योग्य व्यक्ति आओस् भन्ने उदेश्य लिँदा परियोजनाको सबै रकम खर्च गर्न नसकिएको उनले बताए ।
विभिन्न तालिमका लागि अपेक्षाबमोजिम सहभागीहरु नै नपाएको उनले गुनासो गरे ।

तालिम लिन निवेदन उलेख्य पर्ने गरेको भएपनि तालिम पछिको उद्यमशीलता सुनिश्चता गरेर मात्रै तालिम दिने भनेपछि निवेदकहरु तालिममा सहभागी नै हुन नचाहने प्रवृत्ति रहेको उनले बताए ।

परियोजनाले गैर परम्परागत क्षेत्रमा काम गर्ने भएको हुँदा   सहभागी पाउन नै मुस्किल भइरहेको परियोजना अधिकृत इन्द्रजित चौधरीले बताए ।

गोदावरी नगरपालिका रोजगार शाखा प्रमुख रोहित जोशीले तालिम दिएर, आर्थिक सहयोग गरी बजारीकरण गर्दा समेत सहभागी नपाउनु दु:खद भएको बताए ।

कार्यक्रममा सहभागी वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिंह बडैलाले वडासंग समन्वय गरेर सहभागी छनोट गर्दा सहज हुने बताए ।

त्यस्तै उप प्रमुख रोकायाले महिलालाई स्वरोजगार बनाउन मुक्त कमैया महिला विकास मञ्चको उत्त परियोजना उपलब्धिमुलक हुने बताइन् ।

उनले महिलाहरु परम्परागत पेशा,व्यवसायहरुमा मात्रै सिमित भइरहेकाले अब गैर परम्परागत क्षेत्रमा पनि सहभागि हुनुपर्ने बताइन् ।