
अत्तरिया – कैलालीको धनगढीबाट एक बेवारिसे महिलाको उद्धार गरिएको छ ।
धनगढीमै रहेको सामाजिक संस्था दृष्टि फाउन्डेसनले धनगढी उपमहानगरपालिका वडा नम्बर- ११ स्थित बेलाबाट शनीबार बिहान मानसिक सन्तुलन गुमाएकी एक बेवारिसे महिलाको उद्धार गरेको हो ।

अन्दाजी ४५ वर्ष उमेरकी ति महिला नग्न अवस्थामा हिँडिरहेको देखेपछि स्थानीयले दृष्टि फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टलाई खबर गरेका थिए ।
भट्टसहितको टोलिले नगर प्रहरी र स्थानीयको सहयोगमा ति महिलालाई उद्धार गरेको हो । उनको स्वास्थ्य अवस्थाको बारेमा चिकित्सकसंग परामर्स लिने तयारी भइरहेको दृष्टि फाउन्डेसनकी अध्यक्ष भट्टले बताएकी छिन् ।














