बलात्कारको आरोपमा गोदावरीका एक पुरुष पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका एक पुरुष बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोदावरी- ८ का ४२ वर्षीय टेक बहादुर साउँद रहेका छन् ।

nisarga

साउँदले पुस १५ गते रातीको समयमा एक किशोरीमाथि बलात्कार गरेको उजुरीका आधारमा उनलाई पुस १९ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उजुरीको आधारमा पीडक उपर मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।