शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नेतृत्व चयन, उपकुलपति र रजिष्ट्रार नियुक्त

Image
maya metro

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ अनुसार गठित सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयको नेतृत्व चयन गरिएको छ।

कानुनमा व्यवस्था भएअनुसार योग्यताक्रमका आधारमा उपकुलपति पदमा प्रा. सुनिल कुमार जोशी र रजिष्ट्रार पदमा डा. खेमराज जोशी नियुक्त गर्ने निर्णय गरिएको हो। रजिष्ट्रार पदका लागि सिफारिस गरिएका अन्य दुई जना उम्मेदवारलाई ऐन बमोजिम वैकल्पिक सूचीमा राखिएको छ।

nisarga

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। रजिष्ट्रार पदका लागि सिफारिस गरिएका अन्य दुई जना उम्मेदवारलाई ऐनबमोजिम वैकल्पिक सूचीमा राखिएको सिनेट सदस्य तथा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले बताएका छन् ।