दार्चुलामा माटोको ढिस्कोमा पुरिएर युवतीको मृत्यु

Image
maya metro

दार्चुला – बैतडीको डिलासैनी नगरपालिका–३ सिमारकी २४ वर्षीया झुपा रानाको दार्चुलामा माटो खन्ने क्रममा मृत्यु भएको छ।

बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका–१ चौडस्थित घर लिपपोतका लागि माटो खन्दै गर्दा अचानक माटोको ढिस्कोले पुरिँदा उनी गम्भीर घाइते भएकी थिइन्।

nisarga

घाइते अवस्थामै उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको भए पनि चिकित्सकले जाँचपश्चात उनलाई मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।